किन लिए मुख्य सचिव रेग्मीले बिदा ? - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

किन लिए मुख्य सचिव रेग्मीले बिदा ?



काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी एक साताका लागि बिदामा बसेका छन् । रेग्मी बिदामा बसेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ट सचिव शिशिरकुमार ढुंगानालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको छ ।

मुख्यसचिव रेग्मी शुक्रबार पारिवारिक कार्यक्रममा सहभागी हुन थाइल्यान्ड गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यसचिव रेग्मीले शुक्रबार नै आफू बिदामा बस्दा मुख्य सचिवले गर्ने सम्पूर्ण कामसहितको जिम्मेवारी ढुंगानाले गर्नेगरी निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।

मुख्यसचिव रेग्मी एक सातापछि फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।