राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा भारतमा पनि गठन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा भारतमा पनि गठन



हिमाल पोस्ट /चण्डीगढ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पश्चिमोत्तर क्षेत्र भारत (चण्डीगढ) शाखाको पहिलो अधिवेशन आइतबार चण्डीगढमा सम्पन्न भएको छ । अधिवेशनमा केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश संयोजक लक्ष्मण खड्का अधिवेशन प्रमुखका रूपमा उपस्थिति भएका थिए ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा बन्द सत्र गरी कार्यसमितिमा १९ सदस्यीय समिति गठन गरिएको थियो । जसमा बाबुराम परियार अध्यक्ष,रामु भुषाल र लक्ष्मण न्यौपाने उपाध्यक्ष,ललित गिरी सचिव,अमर लामा सह सचिव ,लाल वीर केसी कोषाध्यक्ष,सुमित्रा भुजेल सह-कोषाध्यक्ष,सदस्यहरूमा बाबुराम बिक ,गोपी राम जैसी ,उदय राज न्यौपाने ,ऋतु ढकाल ,संजना मगर्नी ,नरेश श्रेष्ठ ,बुद्धि राम बिक ,विशाल बिक ,खिमानन्द गौतम गोपाल दर्लामी ,रुद्र मगर र अशोक अधिकारीलाई सर्वसहमतीमा कार्य समिति चयन भएको थियो ।

प्रतिष्ठानको संक्षिप्त परिचय दिँदै  केन्दीय सदस्य खड्काले कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराई उनीहरूको  सफल र सुखद कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिष्ठानको विधानको पछिल्लो संशोधनले विदेशमा कार्यरत कलाकारहरूलाई  लक्षित गर्दै वैदेशिक शाखा खोल्न पाउने प्रावधान गरेको थियो ।

कार्यक्रमको दोस्रो चरणमा संस्कृतिका कार्यक्रमको आयोजना भएको थियो । सांस्कृतिक कार्यक्रमको  प्रमुख अतिथि समाजसेवी  चुरामणि पौडेल रहेका थिए भने अतिथिहरूमा  विकास जैन अन्तर्राष्ट्रिय मानव अधिकार परिषद् चेयरमैन,  विक्रम सिंह थापा  , ईश्वरी प्रसाद शर्मा  आदि रहेका थिए । उक्त कार्यक्रममा त्यहाँ भएको विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधि ,राजनैतिक संस्थाका प्रतिनिधि एवम् समाजसेवी ,पत्रकार ,व्यवसायी आदिको पनि उपस्थिति रहेको थियो ।

समारोहमा  नेपाल देखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही शाखाका अध्यक्ष एवम् लोक दोहोरी गायक दीपक गरौजा मगर र आधुनिक एवं लोक गायिका कविता खनालको उपस्थिति रहेको थियो ।कलाकारहरूले त्यहाँ उपस्थित दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।साथमा स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको थियो ।

कृष्ण प्रसाद भट्टराई र ऋतु ढकालको संयुक्त संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।