लोडसेडिङको मारमा लम्कीचुहा नगरपालीका तथा आसपासका क्षेत्र - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लोडसेडिङको मारमा लम्कीचुहा नगरपालीका तथा आसपासका क्षेत्र



‘विद्युत प्राधिकरण केन्द्रका कर्मचारी भन्छन लोडसेडिङ छैन’

रमित पाण्डे /लम्की,कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालीका सहित आसपासका क्षेत्रका वासीन्दा अघोषित लोडसेडिङको मारमा परेका छन् । लोडसेडिङ मुक्त क्षेत्र रहेको विद्युतका कर्मचारीले भनेपनि पनि दैनिक लोडसेडिङ भईरहेको छ । चर्को गर्मीमा लोडसेडिङ भएपछि स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।

दिउँसो होस या रातिको समयमा विद्युत आधा एक घण्टा जाने गरेको विद्युतका एक कर्मचारीले बताउनु भयो ।
टनकपुरबाट कम विद्युत खपत भईरहेले अघोषित रुपमा लोडसेडिङ गर्नु परेको नेपाल विद्युत प्राधिकरण सव स्टेसन लम्कीका एक कर्मचारीले बताउनु भयो । तर एक अर्का कर्मचारीले भने मर्मतका लागि मात्रै केहि छिन विद्युत अवरुद्ध भएपनि लोडसेडिङ भने नरहेको दावि गर्नु भयो ।