४५ दिनमै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा
बेलायती प्रधानमन्त्री लिज ट्र्रसले पदबाट राजीनामा दिएकी छन् ।
सरकार बनाएको ४५ दिनपछि उनले राजीनामा दिएकी हुन् । यसअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूले धमाधम राजीनामा दिइरहेका थिए ।
मन्त्रीहरूले राजीनामा दिने लहर चलेपछि ट्रसको सरकार छिट्टै ढल्ले अनुमान गरिएको थियो ।