४७ वर्षीय लिज ट्रस बनिन् बेलायतको नयाँ प्रधानमन्त्री - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

४७ वर्षीय लिज ट्रस बनिन् बेलायतको नयाँ प्रधानमन्त्री



४७ वर्षीय लिज ट्रस बेलायतको प्रधानमन्त्री बनेकी छन् । निर्वाचित भएपछि मंगलवार उनले नयाँ सरकर गठनको पहल गर्ने बताइएको छ ।

कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराएकी हुन् ।

अब ट्रसले मङ्गलवार महारानी एलिजाबेथ द्वितीयसँग नयाँ सरकार गठनको निम्तोका लागि भेट गर्ने बीबीसीले जनाएको छ ।

मतपरिणामअनुसार लिज ट्रसले ८० हजार तीन सय २६ र ऋषि सुनकले ६० हजार तीन सय ९९ मत प्राप्त गरेका छन् ।

विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताएकी छन् । उनले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेनमा रुसको दमनविरुद्ध अडिग रहेकोमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि धन्यवाद दिएकी छन् ।

बेलायतको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका लागि कार्यकर्ताबाट नै नेतृत्व छान्ने गरेको छ ।

विभिन्न विवादमा मुछिएपछि चर्को आलोचनामा घेरिएका जोनसनले पद त्याग गर्ने घोषणा गरेका थिए ।