बर्दगोरीयामा लायन्स क्लब गठन ,अध्यक्षमा धमला - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बर्दगोरीयामा लायन्स क्लब गठन ,अध्यक्षमा धमला



हिमाल पोस्ट / बौनिया ।
कैलालीको बर्दगोरिया गाउपालीका बौनियामा लायन्स क्लब गठन भएको छ । कार्यक्रम सहजीकरण बाके जिल्ला जिल्ला सह प्रमुख मुकुट ढकाल , सह प्रमुख चिन्तामनि धितालले सहजीकरण गर्नु भएको थियो । पुर्ब रिजन प्रमुख छबिलाल जैशी, लायन्स लम्की लायन्स क्लबका संस्थापक अध्यक्ष तथा रिजन प्रमुख डिल्ली प्रसाद गड्तौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।

दिनभर आफ्नो ब्यापार ब्यबसाय र काम गरे पनि एक घण्टा मानबिय सेवा गर्न सके ठुलो धर्म हुने बर्दगोरीया गाउपालिकाका अध्यक्ष थारुले बताउनु भयो । सबैलाई आ- आफ्नो तह र तप्काबाट मानबिय सेवाको भावनामा जागरुक गराउदै आगामी दिनमा लायन्स क्लब बौनियाले समाजलाई सकारात्मक बाटोको पदयात्रामा अघि बड्नेमा आफु विस्वस्थ भएको गा पा अध्यक्ष थारुले बताउनु भयो।

लायन्स क्लबले अहिले बिभिन्न मानबिय सेवा र सामाजिक क्षेत्रमा काम गर्दे आईरहेको छ । वसन्त मुरारी माबि का प्राध्यापक भुमी प्रकाश बम ,बौनिया बजार समितीका अध्यक्ष रुपक सुनारले शुभकामना मनतव्य राख्नु भएको थियोे । बर्दगोरिया गाउँ पालिका लगायतको क्षेत्रमा सकारात्मक कार्य ,नेतृत्व बिकास ,सामाजिक सेवा गर्ने उदेश्यले २० सदस्सीय कार्य समीती समेत गठन गरीएको छ । जसमा बौनिया लायन्स क्लबको अध्यक्षमा द्वारीका प्रशाद धमाला, प्रथम उपाध्यक्षमा बल बहादर बिष्ट , द्धतिय उपाध्यक्ष रुपक सुनार ,तृतिय उपाध्यक्ष टेक बहादर थापा , सचिव लिला जंग शाही ,संरक्षण कर्ण कुवर , कोषाध्यक्ष चेत राज भट्ट, जन सम्पर्क अधिकारीमा नविन जोशि ,अनुशासन संयोजक खेम राज भट्ट ,निर्देशकमा चक्र बहादुर बिष्ट , अरुण सम्सेर राणा र पदम लाल जैशि , सदस्यता वृद्धि संयोजक हेमा कुमारी बोहरा प्रकाश बम , राज बहादुर बुढा, दिर्घ बहादुर भण्डारी, बिमला जोशि,जितेन्द्र राज न्यौपाने, उमा रिजाल लगाएतका चयन भएका छन भने सचेतकमा गणेश प्रसाद भट्ट रहेका छन। .

डिल्ली प्रसाद गडतोलाले स्वागत गर्नु भएको कार्यक्रामको सञ्चालन जोन प्रमुख सरोज कुमार शाहले गर्नु भएको थियो । कार्यक्रममा लायन्स चिन्तमणी धिताल , लायन्स छविलाल जैशि लगायत बौनिया मा लायन्स क्लब स्थापनाका लागि प्रायोजक गर्नु भएको थियो ।