राजेन्द्र लिङ्गदेनलेको शानदार विजय - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

राजेन्द्र लिङ्गदेनलेको शानदार विजय



काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला दोस्रोपटक पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित भएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले कांग्रेस नेता सिटौलालाई झापा क्षेत्र नम्बर ३ मा पराजित गरेका हुन्।

लिङ्गदेनले उनलाई ३ हजार २७६ मतान्तरले पराजित गरेका छन्।

लिङ्गदेनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्।

२ हजार ९८६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक तेस्रो भएका छन्।

यो हारसँगै प्रतिनिधिसभासम्म पुग्ने सिटौलाको दोस्रो प्रयास पनि असफल भएका छ।

२०७४ सालको निर्वाचनमा पनि सिटौलालाई लिङ्गदेनले पराजित गरेका थिए।