कैयौँ काण्डमा फसेका चोलेन्द्रको पक्षमा किन लागे लिङदेन ? - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

कैयौँ काण्डमा फसेका चोलेन्द्रको पक्षमा किन लागे लिङदेन ?



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रस्ट्याएको हो।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए। बैठकले न्यायालय राजनीतिक दलहरूकै दबाब, प्रभाव, हस्तक्षेप र भागबण्डाका कारण धरासायी भएको राप्रपाको बुझाइ छ।

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल, हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ।

समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो। सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

जबरा कैयौँ काण्डमा दोषी देखिएको भन्दै सम्पत्ति सुद्धिकरण विभागमा समेत उजुरी परेको छ भने उनले गरेका कैयौँ विवादित फैसलाहरू बारे खुलासा भैरहेको छ ।