लिङदेनको फरक सपथ- 'भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु' - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

लिङदेनको फरक सपथ- ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’



राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको शपथ लिने क्रममा फरक व्यहोरा प्रयोग गर्दै सपथ लिएका छन् । भ्रष्टाचारबारेमा कडा अभिव्यक्ति दिँदै आएका उनले सांसदको थप सपथ लिएका हुन् ।

बिहीवार सांसद पदको शपथ लिँदा उनले भ्रष्टाचारबारे पनि छुट्टै व्यहोरा समावेश गरे। संविधानको व्यवस्था अनुसारको शपथ र आफूले पनि अलग्नै अर्को व्यहोरा थपेर लिङ्देनले शपथ लिएका हुन्।

उनले थप शपथ लिएको व्यहोरा भ्रष्टाचारविरुद्ध रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरहमानेर काम गर्नेछु’ उनले आफूले थपेको शपथको व्यहोरामा भनिएको छ। राप्रपाबाट यस पटक उनीसहित १४ सांसदले शपथ लिएका छन्।

‘अघिल्लो कार्यकालझैँ आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहणमा सहभागी भइयो’, उनले भनेका छन्, ‘फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ, अहिले चौध जना। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु।’