भ्रष्टाचारीहरूमाथि बालेन शाहले जस्तै डोजर चलाउने इच्छा छ : लिङ्देन - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

भ्रष्टाचारीहरूमाथि बालेन शाहले जस्तै डोजर चलाउने इच्छा छ : लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेताहरूलाई फेरि पनि प्रधानमन्त्री बनाए मुलुक बन्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै लिङ्देनले यसअघि पटक पटक प्रधानमन्त्री बन्दा देश बनाउन नसक्नेहरू पुनः निर्वाचित भए देश बन्न नसक्ने भन्दै यसमा मतदाताले विशेष ख्याल गर्नुपर्ने बताएका हुन्।

त्यस्तै उनले अहिलेको निर्वाचन प्रणाली निकै महङ्गो भएकाले यसलाई परिवर्तन गर्दै पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री र अभिभावकीय रूपमा राजा हुने व्यवस्था लागू हुनुपर्ने धारणा राखे।

प्रदेशको संरचना खारेज गरेर बलियो केन्द्र र स्थानीत तहका साथै राजनीतिक दलमुक्त संवैधानिक निकाय अहिलेको आवश्यकता रहेका उनको भनाइ छ।

उनले नागरिक आयोग गठन गरेर २०४५ सालपछिका सबै नेताको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति छानविन गर्नुपर्ने जिकिर गरे।

उनले बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको बताए।