कार्यकर्तालाई राजेन्द्र लिङ्देनको धम्की- सुर्यमा भोट नहाले राप्रपाको कार्यकर्ता बन्न पाईन्न - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कार्यकर्तालाई राजेन्द्र लिङ्देनको धम्की- सुर्यमा भोट नहाले राप्रपाको कार्यकर्ता बन्न पाईन्न



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्।

झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार एमाले र राप्रपाले गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता पनि उपस्थित उक्त भेलामा लिङ्देनले तालमेल सहमतिअनुसार सबैले झापा क्षेत्र नम्बर १ मा मंसिर ४ गते सूर्यमा भोट हाल्नुपर्ने बताएका हुन्।

‘झापा क्षेत्र नम्बर १ मा एमालेको सूर्य चिह्नमा भोट नहाले मंसिर ४ पछि राप्रपाका कार्यकर्ताको रुपमा भेट हुने छैन’, उनले भनेका छन्।

झापा क्षेत्र नम्बर १ मा एमालेले राप्रपासँगको तालमेलमा अग्नि खरेललाई मैदानमा उतारेको छ।

अर्कातिर सत्ता गठबन्धनको साथ लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई फेरि एक पटक परीक्षण गर्दैछन्।