काठमाडौंका यी स्थानमा मंगलबार ७ घण्टा लोडसेडिङ हुने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

काठमाडौंका यी स्थानमा मंगलबार ७ घण्टा लोडसेडिङ हुने



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मंगलबार (भोलि)काठमाडौंका केही स्थानमा ७ घण्टासम्म बत्ति जाने जानकारी दिएको छ ।

चक्रपथ विस्तारका लागि रुख कटान गर्नुपर्ने हुँदा महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइनमा विहान ९ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो ।

ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत प्रवाह रोकिने भएको हो।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जानकारी दिएका छ ।