लीगको दोस्रो खेलमा एकेएफसी र वाइकिंगस १-१ को बराबरी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

लीगको दोस्रो खेलमा एकेएफसी र वाइकिंगस १-१ को बराबरी



एडीलेड/चैत्र २९ 

साउथ अस्ट्रेलियन अमेचर लिग अन्तर्गत आइतबार भएको दोस्रो खेलमा एडीलेड खुकुरी फुटबल क्लब र वाइकिंगससंग बिचको खेल एक-एकको बराबरीमा सकिएको छ । आक्रामक रूपमा प्रस्तुत भएको एडीलेड खुकुरी फुटबल क्लबले खेलमा राम्रो सुरुवात गरेको थियो । क्लबको ४-४-२ को पुरानो रणनीति सहित मैदानमा उतरिएको एडीलेड खुकुरी फुटबलले राम्रो सुरुवात गरेपनी बलियो प्रतिस्प्रधी अगाडी विगतका खेलहरुमा भन्दा प्रस्तुत हुन केही गार्हो भएको थियो ।

पहिलो हाफमा वाइकिंगले १ गोलको अग्रता लिन सफल भएको थियो भने दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन वाइकिंग अझै सशक्त रूपमा प्रस्तुत भएको थियो । थुप्रै मौका खेर गए पनि दोस्रो हाफको मध्य तिर राज़िश महर्जन गोल गर्न सफल भए। यसैसंगै राजिशको यस लिगमा गोल सङ्ख्या ५ पुगेको छ। लिगको अर्को खेल ईस्टर बिदा पछि २३ तारिकमा माउन्ट कम्पससंग उसकै घरेलु मैदानमा हुनेछ। त्यस अगाडी एडीलेड खुकुरी फुटबल क्लबले एडीलेड ग्रेटवाल सँग अप्रिल १७ तारिकको दिन घरेलु मैदान ग्रिनहिल रोड एडीलेड पार्कल्यांड्समामा खेल्नेछ।