लिफ्ट सिंचाइ योजना लागु भएपछि मोहन्यालका किसान हषिर्त  - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

लिफ्ट सिंचाइ योजना लागु भएपछि मोहन्यालका किसान हषिर्त 



लिला जंग शाही / कैलाली ।
कर्णाली नदिमा ६० किलो क्षमता भएको लिफ्ट सिंंचाइ योजना लागु भएपछि कैलालीको मोहन्याल गाउँपालिकाका किसानहरु हषिर्त भएका छन् ।

मोहन्याल गाउपालिका वडा नं ६ रुइनिकोटका २ सय किसान र मोहन्याल – ७ ओखडेकोटका १ सय ३५ घर धुरीका किसान हिउँदमा गहु खेती र बर्षातमा धान ,फलफूल तथा तरकारी खेतीमा सिचाइ गर्न पाइने भयो भन्दै खुशी भएका हुन् ।

मोहन्याल गाउपालिका वडा नं ७ ओखडेकोट सुक्खा डाडा रहेको हुँदा आर्थिक बर्ष २०७४/०७५ गाउ सभा बाट ८७ लाख बजेट बिनियोजित गरि लिफ्ट सिचाइ प्रणालीद्वारा सिचाइको सुबिधा पुगेकाले चुनावमा भोट माग्दा जनता लाइ बोलेको मुख्य माग पुरा गरेको वडा अध्यक्ष खर प्रसाद अधिकारीले बताउनुभयो ।

मोहन्याल गाउपालिका वडा नं ६ का वडा अध्यक्ष टिका राम भन्डारीले पनि आफुले चुनावको बेला जनताको घर दैलोमा भोट माग्दा सिचाइ सुबिधा नभएको रुइनिकोट ,भोटे कोट र अजिगरेका जनताले सिचाइको नै माग गरेपनि तत्काल रुइनिकोट गाउका करिब २ सय घर धुरीका किसानको १०० औं हेक्टर जमिनलाई १२ महिना नै प्राप्त पुग्ने कर्णाली नदि को लिफ्ट सिचाइ पुर्‍याउएको र अन्य गाउँमा चाडै नै सिचाइ पुर्‍याउने योजना रहेकोे बताउनुभयो ।

बैकल्पिक सौर्य उर्जा मिनि ग्रेड सङ्ग १०% प्रतिशत आर्थिक, मोहन्याल गाउपालिकाले साझेदारि गरि रुइनिकोटको लिप्ट सिचाइ र २ सय १९ घर धुरी लाइ बैकल्पिक सौर्य उर्जा बत्तीको बिधुती करण र वडा नं ७ को ओखडेकोट गाउमा लिफ्ट सिचाइ गरि सबै किसान को खेत बारीमा सिचाइ सुबिधा पुर्‍याउन आर्थिक बर्ष २०७४/०७५ मा ९४ लाख बजेट बिनियोजित गरेको र पाइप खरिद मा नपुग भएकोले २०७५ /०७६ को बजेट दुबै वडा लाइ थप १५ /१५ लाख बजेट बिनियोजित गरेको गाउपालिकाका अध्यक्ष नवल सिह रावलले बताउनु भयो ।

सिचाइ सुबिधा नपुगेका बाकी रहेका गाउहरुको लागी पनि प्रदेश सरकार , संघिय सरकार र साझेदारी संस्था खोजी रहेको र यसै बर्ष बाट मोहन्याल गाउपालिका अध्यक्ष कृषि कार्यक्रम अभियान लागु गर्न १० लाख बजेट बनियोजित गरि कृषि लाइ पहिलो प्राथमिकता दिएको गाउपालिका अध्यक्ष रावलले बताउनु भयो ।

बलौटे माटो भएकोले कुलो ले जमिन चिर्दै लगेकोले सिचाइ लाइ दिगो ब्यबस्थापनका लागी गाउ भित्र पक्की कुलो निर्माण गर्नुपर्ने ओखडेकोट लिप्ट सिचाइ समिती का सचिब शिव राज अधिकारी ले बताउनुभयो ।