लाइसेन्सका लागि नयाँ नियम लागु: पहिले भन्दा निकै सजिलो - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

लाइसेन्सका लागि नयाँ नियम लागु: पहिले भन्दा निकै सजिलो



काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु गरिएको छ । नयाँ व्यवस्था पहिले नै लागु गिने बताइए पनि कोरोना अमहामारीका कारण अहिले बल्ल लागु गरिएको हो ।

गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिएको नयाँ निर्देशिका अहिले लागु भएको छ । आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार नयाँ व्यवस्थामा परीक्षामा उत्तीर्ण हुने दर बढ्नेछ । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०/६० प्रतिशत पास हुने भुसाल बताउँछन् ।

नयाँ निर्देशिका अनुसार यस्तो छ नयाँ व्यवस्था
नयाँ व्यवस्था अनुसार सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक)मा ७० अंक ल्याए पास हुने व्यवस्था छ ।

यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ । सूचना अधिकारी भुसालले भने, “सानो र ठूला दुवै सवारीका लागि ५/५ सय प्रश्न हामीले विभागको वेबसाइटमा राखेका छौँ । तीनै प्रश्नबाट २०/२० वटा प्रश्न आउनेछन् । प्रत्येक प्रश्न ५ नम्बरको हुनेछ ।”

तर कसैले पहिले नै परिक्षा दिएको छ भने पुरानै व्यवस्था लागु हुनेछ ।