देशभर सवारी लाइसेन्सको आवेदन बन्द - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

देशभर सवारी लाइसेन्सको आवेदन बन्द



काठमाडौं- यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ।

नयाँ आर्थिक वर्षको तयारी र पुरानोको हिसाव मिलानको लागि आवेदन बन्द गरिएको जनाइएको छ ।

देशभरका यातायात कार्यालयहरु एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो।

विभागले कुनैपनि कार्यालयलाई फारम नलिन सर्कुलर गरिसकेको जनाएको छ ।

अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म ट्रायल, रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने भन्दै चालु आर्थिक वर्षको लागि फारम लिन रोकेको जनाएको छ।

आर्थिक वर्षको सम्पन्नसँगै साउन १ गतेदेखि नियमित रुपमा आवेदन लिईने विभागले जानेको छ ।