अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइसेन्सको अनलाइन फारम बन्द - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइसेन्सको अनलाइन फारम बन्द



काठमाडौं। सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन अब कार्यालय समयमा दिन नपाइने भएको छ।

आवेदन प्रणालीमा अधिक चाप भई यातायात व्यवस्था कार्यालयबाट हुने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा समेत असर परेकाले आवेदन प्रणाली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द रहने विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

लोड व्यवस्थापनको काम सम्पन्न भएपछि अनलाइन आवेदन प्रणाली यथावत् सञ्चालन हुने विभागको भनाइ छ । अब आवेदन दिन चाहनेले कार्यालय समयपछि फाराम भर्नुपर्नेछ। कोरोना महामारीका कारण लामो समय लाइसेन्सको परीक्षा सञ्चालन नहुँदा अहिले खुलेसँगै सेवाग्राही अत्यधिक चाप हुने गरेको छ।