खुल्न नपाउँदै बन्द भयो सवारी लाइसेन्स आवेदन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

खुल्न नपाउँदै बन्द भयो सवारी लाइसेन्स आवेदन



काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुलेको दुई दिनमै बन्द भएको छ।

मंगलबार रातिदेखि खुलेको अनलाइन आवेदन प्राविधिक समस्याका कारण तत्कालका लागि बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए।

‘‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,” जारी विज्ञप्तिमा भनिएको छ।

प्राविधिक समस्या समाधानका लागि प्रणाली मर्मत शुरु गरिएको प्रवक्ता भुसालले जानकारी दिए।