लाइसेन्स लिन अब झनै गाह्रो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

लाइसेन्स लिन अब झनै गाह्रो



काठमाडौं- सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्युनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारीचालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ।

हाल पाँच वर्षमा गर्नुपर्ने नविकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन्।