बिहीबार सार्वजनिक बिदा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बिहीबार सार्वजनिक बिदा



काठमाडौं- गृह मन्त्रालयले पर्सि बिहीबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पुस १५ गते बिहीबार तमु ल्होसार पर्व हो । सोही पर्वको उपलक्ष्यमा बिदा दिन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालय स्रोतले बताएको छ ।

यसअघि पुस ४ गतेको योमरी पुन्हेँका दिन सरकारले राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । गत १० गते क्रिसमस पर्वको दिन पनि सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । जबकी त्यो दिन शनिबार परेकाले मुलुकभर सार्वजनिक बिदा नै थियो ।

आगामी सोमबार पनि अर्को ल्होसार पर्व परेको छ । उक्त दिन तोल ल्होसार हो । गत वर्ष फागुनमा सरकारले नयाँ वर्ष २०७८ को बिदा सूची घोषणा गर्दा अधिकांश पर्वमा सम्बन्धित धर्मावलम्वी तथा समुदायलाई बिदा दिने निर्णय गरेको थियो ।