मकाउमा एल.जी ३ भव्य रूपमा सम्पन्न। - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

मकाउमा एल.जी ३ भव्य रूपमा सम्पन्न।



कर्ण बहादुर अधिकारी/मकाउ 

ब्रदर हुड एसोसिएसन अफ मकाउ नेपालको ब्यानरमा बम लिम्बुको प्रस्तुति र हेम तामाङ् आयोजकत्वमा आयोजना गरिएको एल जी नाइट ३कार्यक्रम मकाउमा भव्यताको साथ एतिहासिक रूपमा मे २३ तारीकका दिन सम्पन्न भएको छ।

उक्त कार्यक्रममा हंगकंग निवासी चेतन गुरुङ,विशाल गुरूङ् र हिमाल रानाको पनि गहन भूमिका रहेको थियो।एलजी नाइट अर्थात् लाली गुराँस नाइटको मकाउमा यो तेस्रो कार्यक्रम हो।मकाउमा रोजगार र व्यवसाय गरी बसेका नेपालीहरूलाई मनोरञ्जन दिनकै लागि कार्यक्रम गरिएको हो।कार्यक्रममा नेपाल आइडलका बुद्ध लामा,निशान भट्टराई र प्रताप दासले गीत गाएर भरपुर मनोरञ्जन दिएका थिए भने कमेडी तर्फ जितु नेपाल मुन्द्रे र सन्दिप क्षेत्रीले प्रस्तुति दिएका थिए।त्यसै गरी नृत्य तर्फ मानिस लिम्बु , सुष्मा लिम्बु , निभा राई , र छिरिङ शेर्पाले नृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन दिएका थिए।

कार्यक्रम बिहान १० बजे र बेलुकी ८:३० बजेको समयमा गरिएको थियो।कार्यक्रममा लगभग बिहान र बेलुकी गरी १ हजार भन्दा माथि दर्शकहरूको उपस्थिति रहेको थियो।बिहान र बेलुकी उद्घाटन गरी रीवन काट्नका लागि प्रमुख अतिथि र अतिथिहरू तय गरिएको थियो।बिहानको कार्यक्रममा बम लिम्बु,हेम तामाङ्,चेतन गुरुङ,विशाल गुरुङ,हिमाल राना,आई सी सी सदस्य मुकेश कुमार बरूवाल,मकाउ चेम्बर अफ कमर्सका प्रतिनिधि सुवास थापा,प्रवासी मंञ्चका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी,नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने,तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरुङ,शेर्पा समाज मकाउका अध्यक्ष याङ् ग्याल्जेन शेर्पा,किराँत राई यायोख्याका सचिव अर्विन राई,मंण्डला गोल्वल कम्पनीका डाईरेक्टर दीपक क्षेत्री,पाकिस्थानी एसोसिएसनका अध्यक्ष अलि,व्यवसायी रूस्तम श्रेष्ट,विन होटेलमा कार्यरत सेक्युरिटी म्यानेजर भक्ति मार्टिनले संयुक्त रूपमा रीवन काटेर उद्घाटन गरेका थिए।

बेलुकी गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम कुमार गुरुङ(त्रिलोक)को प्रमुख आतिथ्यमा गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष शान्ति देवी अधिकारी,नेपाली जन सम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरूङ्, गैर आवासीय नेपाली सङ्घ अन्त राष्ट्रिय समन्वय परिषद्को आर्थिक स्थायीत्व कमिटीका एसिया प्यासेफिकका सह अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,अन्त राष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,मकाउ बडी बिल्डिङ एसोसिएसनका अध्यक्ष सृजना(बाबा भाइ),जन प्रगतिशील मंञ्चका वरिष्ठ उपाध्यक्ष पदम सिंह पन्त,भेनिशियन होटेलमा कार्यरत सेक्युरिटी म्यानेजर अमित गुरुङले संयुक्त रूपमा रीवन काटेर उद्घाटन गरेका थिए।कार्यक्रमका विषयमा हिमाल पोस्टका संवाददाता कर्ण अधिकारीले बम लिम्बु र हेम तामाङसँग जिज्ञासा राख्दा यो कार्यक्रम मकाउमा रहनु भएका नेपालीहरूलाई भरपुर मनोरञ्जन दिनका लागि तय गरिएको थियो र आउँदा दिनहरूमा पनि एल जी नाइटलाई निरन्तरता दिने कुराको प्रतिबद्धता जाहेर गर्नु भएको छ।कार्यक्रममा स्पोन्सर गर्नु हुने सम्पूर्ण व्यवसायीहरू र भोलिनटियर साथी भाइ प्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ।