बुवाको ज्यान बचाउन १९ वर्षीया किशोरीले गरिन आफ्नो आन्द्रा दान - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बुवाको ज्यान बचाउन १९ वर्षीया किशोरीले गरिन आफ्नो आन्द्रा दान



भारत । कोलकत्ताकी एक १९ वर्षीया किशोरीले आफ्नो बुवाको ज्यान बचाउन आन्द्रा दान गरेकी छन् ।

आन्द्राको समस्याबाट ग्रस्त बुवालाई छोरीले ६५ प्रतिशत आन्द्रा दान गरेपछि अहिले उनको ब्यापक चर्चा भइरहेको छ ।

भारतका एक व्यवसायीले ट्वीटरमा लेखेका छन्, ‘१९ वर्षकी राखी दत्ताले आफ्नो बुवालाई ६५ प्रतिशत आन्द्रा दान गरेकी छन् । दुखाई र भविष्यको बारेमा कुनै चिन्ता नलिई छोरीले यस्तो कदम उठाएकी हुन् ।’

सामाजिक सञ्जालमा बुवा र छोरीको तस्बिर राखेर छोरीको कामको एकदमै प्रशंसा भइरहेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले छोरीको कामको तारिफ गरिरहेका छन् भने कतिपयले छोरीको मूर्खता भएको बताएका छन् ।

आफ्नो जीवनलाई जोखिममा राखेर छोरीले यस्तो काम गर्न नहुने तर्क पनि प्रयोगकर्ताहरुले प्रस्तुत गरेका छन् ।