लेते नजिकै घासामा आगो बलेको देखियो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

लेते नजिकै घासामा आगो बलेको देखियो



काठमाडौं- पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

स्थानीयले मुस्ताङको घासामा ठूलो आवाजसहित आगो बलेको देखेको बताएका छन्। मुस्ताङ सदरमुकाम जोमसोम जाने बाटोअन्तर्गत थासाङ गाउँपालिका वडा नम्बर ४ घासा भन्ने ठाउँमा ठूलो आवाज आएको स्थानीयले बताएका हुन्।

स्थानीयले घासामा आगो बलेको जानकारी दिएपछि अहिले जोमसोमबाट प्रहरी त्यसतर्फ गइरहेको छ। प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा १९ यात्रुसहित उडेको ताराको नाइन एन एईटी जहाज बेपत्ता भएको थियो।

म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक थिए