लियो क्लव काठमाडौं ड्रिम्सको उद्घाटन सत्र सम्पन्न - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

लियो क्लव काठमाडौं ड्रिम्सको उद्घाटन सत्र सम्पन्न



– काठमाडौँ

लियो क्लव काठमाडौं ड्रिम्सको एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन भएको छ । सामाजिक रुपान्तरणमा युवाहरुको उपस्थितिलाई अझै सशक्त रुपमा सहभागिता गराउने उद्देश्य सहित अन्तर्राष्ट्रिय लायन्स एसोसिएसन अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ मैथली सिटिको स्पोन्सरमा २५ सदस्यि कार्यसमिति गठन भएको छ ।

सस्थाको औपचारिक उद्घाटन प्रमुख अतिथि अनुप पहाडी र लायन्स ३२५ बि। २ का लियो क्लव सल्हाकार आर. एस महतोले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै पहाडीले सामजिक क्षेत्रमा युवाहरुले धेरै कुरा गर्न सक्ने बताउदै सस्थापक समितिको सफल कार्यकालको लागि शुभकामना दिएका थिए। ५० संस्थापक साधारण सदस्य रहेको उक्त कमिटिमा सन्जय कुमार महतो अध्यक्ष, उपाध्यक्ष सुशिल कु. महतो, सचिव गणेश श्रेष्ठ र कोषाध्यक्ष राज शाह मनोनित भएको लियो डिस्ट्रिक ३२५ बि- २ का जिल्ला प्रमुख संयोजक सरोज महतोले बताए ।