लियो तथा लायन्सको सातौँ महाधिवेशनको तयारी पुरा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

लियो तथा लायन्सको सातौँ महाधिवेशनको तयारी पुरा



हिमाल पोस्ट / बुटवल ।

यहि चैत्र २ गते रुपन्देहीको नयामिल स्थित होटल लक्ष्मीमा सम्पन्न हुन गइरहेको लियो सातौ महाधिबेशनको तयारी पुरा भएको छ ।

एरिया ४ अन्तर्गत ब्यबस्थापन को जिम्मा पाएको सो क्लबको महाधिबेशनको तयारी ९५ प्रतिशत पुरा भएको एरिया को अर्डिनेटर सुदिप बेलबासेले हिमाल पोस्टलाई जानकारी दिए । महाधिवेशनमा लियो र लायन्स गरि करिब २६ सय जनाको उपस्थिति रहने बताउदै को अर्डिनेटर बेलबासेले लियोको तयारी पुरा भएको र लायन्सले छुट्टै तयारी गरेको बताए ।

स्वागत गेटदेखि हाइवे स्वागत एबम प्रचार प्रसार, पर्चा पम्प्लेट , खाना आवाश तथा सबै ब्यबस्थापनको जिम्मा सकिएको र तयारी समेत पुरा भएको उनको भनाइ छ । लियो ३२५ बि २ अन्तर्गत देशभरी १०८ भन्दा बढी क्लबका सहभागी सो महाधिबेशनमा उपस्थित हुन लागेका हुन् ।

महाधिबेशनले आगामी बर्ष २०१९/२० को लागि नया कार्यसमिति चयन र योजना समेत निर्माण गर्ने छ । लायन्स र लियोको महाधिबेशन ब्यबस्थापनमा करिव १ करोड खर्च हुने लियो संयोजक सुदिप बेलबासेले बताएका छन् । महाधिबेशनमा लायन्सको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा हुने छ भने सोहि दिन लियोहरुको सम्मेलन लक्ष्मी होटलमा हुने आयोजकले हिमाल पोस्टलाई बताएको छ ।