लियो खस्यौली युथद्बारा वृक्षरोपण - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

लियो खस्यौली युथद्बारा वृक्षरोपण



हिमाल पोस्ट / बुटवल ।
लियो क्लब अफ बुटवल खस्यौली युथले तिलोत्तमा नगरपालिको मणिग्राममा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले वर्ष २०१९/२० को पहिलो वृक्षरोपण कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।

तिलोत्तमा नगरपालीका र लायन्स क्लब अफ मणिग्रामको सहकार्यमा मणिग्राम चोकदेखी शंखरपुरचोकसम्म फोरलेन सडकको दाया बाया गरि ३०० भन्दा बढी स्टोनिया विरुवा रोपिएको लियो क्लब अफ खस्यौली युथका प्रथम उपाध्यक्ष होमनाथ सापकोटाले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा यो महिना ५०,००० विरुवा लगाउने उदेश्य रहेको जसमा आज मात्र १००० विरुवा लगाइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रतिनिधीहरु, स्थानिय विद्यालयका प्रअ , स्थानिय आमा समुह र स्थानिय टोल विकास समिती गरि २०० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।