लियो खस्यौली युथद्बारा बोलबम धाममा खानेपानी वितरण - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

लियो खस्यौली युथद्बारा बोलबम धाममा खानेपानी वितरण



बिशाल पाण्डेय । लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको एरिया -४ अन्तरगत पर्ने लियो क्लब अफ बुटवल खस्यौली युथले रुपन्देहीको सैनामैना नगरपालिका – १ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा शुद्ध खानेपानी वितरण गरेको छ ।

साउनको अन्तिम सोमबार पारेर हिजो लियो खस्यौली युथले त्यहाँ पुजा आराधना गर्न आउने भक्तजनहरु लाई करिब १५ सय लिटर नि:शुल्क शुद्ध खानेपानी वितरण गरेको हो ।

साउन महिनाको अन्तिम सोमबार भएको हुनाले पुजाआजा गर्न आउने भक्तजनहरुको घुइँचोलाई मध्यनजर गर्दै खानेपानीको समस्या नहोस् भन्नको लागी लियो क्लब अफ खस्यौली युथले १५ सय लिटर शुद्ध चिसो खानेपानी वितरण गरेको कार्यक्रमका संयोजक लियो प्रकाश ज्ञवालीले बताए ।

खानेपानी वितरण कार्यक्रम क्लबका अध्यक्ष लियो दिपेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । लियो क्लब अफ खस्यौली युथले बुटवल तथा आसपासका क्षेत्रहरुमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।