लियो खस्यौली युथद्बारा विपन्न विद्यार्थीलाई स्विटर वितरण - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

लियो खस्यौली युथद्बारा विपन्न विद्यार्थीलाई स्विटर वितरण



बुटवल । लियो क्लव अफ बुटवल खस्यौली युथले पाल्पाको एक विद्यालयमा न्यानो माया वितरण गरेको छ । पाल्पा रैनादेबी छहरा वडा नं ६ (जुठापौवा—४) मा रहेको कुवारी आधारभुत बिद्यालयका गरिब बिपन्न विद्यार्थीहरुलाइ आइतबार न्यानोमाया स्वरुप जाडोमा लगाउने स्वीटर बितरण गरेको हाे ।

करिब १ सय ८० बिद्यार्थी अध्ययनरत रहेको कुवारी आधारभुत बिद्यालयका ६५ जना बिद्यार्थीलाई न्यानोमाया स्वरुप जाडोमा लगाउने स्वीटर बितरण गरिएको क्लवका सचिब कल्पना डुम्रेले जानकारी दिईन ।

क्लवका अध्यक्ष राजिबजंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फानबहादुर बिश्वकर्मा , बिद्यालयका प्रधानाध्यापक लालबहादुर बटाला ,सहप्रधानाध्यापक ऋषिराज भुसाल,क्लवका प्रथम उपाध्यक्ष होमनाथ सापकोटा,कार्यक्रम संयोजक तथा क्लवका कार्यसमिति सदस्य केशब खनाल लगायतले बोल्दै क्लवले सामाजिक काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उल्लेख गरेका थिए ।

बिस २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४ जनाको सरकारी दरबन्दी रहेपनि राहत,बालशिक्षा,नीजि गरि १० जना शिक्षक—कर्मचारी कार्यरत रहेका छन् । बिद्यालयको आर्थिक अबस्था निकै दयनिय र आर्थिक स्रोत नभएकाले बिद्यालयले आर्थिक सहयोगको अपेक्षा पनि गरेको विद्यालय समितिले जनाएको छ ।

लियो खस्यौली युथले रुपन्देही तथा आसपासका जिल्लामा रक्तदान,सरसफाइ,बृक्षारोपण,असहायलाइ सहयोग,न्यानो कपडा बितरण,स्वास्थ्य शिबिर लगायतका सामाजिक काम गर्दै आइरहेको छ ।