लियो जिल्ला परिषद ३२५ बि २ को अध्यक्षमा कंडेल सिफारिस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लियो जिल्ला परिषद ३२५ बि २ को अध्यक्षमा कंडेल सिफारिस



बुटवल । लियो जिल्ला परिषद ३२५ बि २ नेपालको राष्ट्रिय अध्यक्षमा लियो सरोज कंडेललाई सिफारिस गरिएको छ ।

लियो जिल्ला परिसद ३२५ बि २ अन्तरगतको एरिया ४ का लियो क्लबहरुले शुक्रबार बुटवलमा बसेको बैठकमा बर्ष २०१९ /०२० का लागि राष्ट्रिय अध्यक्षमा कंडेललाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एरिया ४ का कोर्डिनेटर लियो सुदिप बेलबासेको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी चैतमा हुने अधिबेशनका लागी एरिया ४ का २८ वटा लियो क्लबहरुले लियो जिल्ला परिषदका उपाध्यक्ष सरोज कडेललाइ राष्ट्रिय अध्यक्षमा सर्बसहमतिले १०० प्रतिशत यास भोट दिने समेत प्रतिबद्धता जनाएका छन् ।

बैठकमा २०१८ / १९ लियो जिल्ला परिषदका उपाध्यक्ष तथा २०१९ / २० को राष्ट्रिय अध्यक्षको उमेदवार रहनु भएको लियो सरोज कंडेलले ०१९ / २० को कार्ययोजना सहित लियोमा आफ्नो भिजन र लियोमा आएका समस्या तथा चुनौतीहरुलाइ कसरी नया ढंगबाट समाधान गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै आगामी चैत २ गते हुन लागेको लियो जिल्ला परिषद ३२५ बि २ को महाधिवेशन तिलोत्तमा नगरपालिका -१ नयाँमिलको लक्ष्मी होटलमा हुने एरिया ४ का कोर्डिनेटर लियो सुदिप बेलबासेले जानकारी दिनु भयो । एरिया ४ को आथित्यमा सम्पन्न हुने कार्यक्रममा एरिया ४ मा भएका विभिन्न लियो क्लबहरुलाइ समिती तथा उप -समिती बनाइ कार्य बिभाजन गरि कार्यक्रम भब्य र सभ्य बनाउने एरिया ४ का कोर्डिनेटर बेलबासेले जानकारी दिनुभयो ।

लियो बिकास गौतमले संचालन गर्नु भएको बैठकमा जिल्ला सह -सचिब लियो अब्दुल साजिद , रिजन कोर्डिनेटर लियो मदन थापा , लियो विवेक कसौधन , लियो अर्जुन चौधरी, अध्यक्ष सल्लाहकार कृष्ण गौतम , डाइरेक्टर एलिजा तुलाधर , कृष्ण खनाल , धनन्जय बर्नवाल लगायत लियो एरिया ४ अन्तर्गतका २८ वटा क्लबका अध्यक्षहरुको सहभागिता रहेको थियो ।