लेखराजको ठाउँमा खगराज - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

लेखराजको ठाउँमा खगराज



कैलाली- नेकपा माओवादी केन्द्रले लेखराज भट्टको ठाउँमा खगराज भट्टलाई ल्याएको छ । माओवादी प्रदेश इन्चार्ज रहेका नेता लेखेराज भट्ट एमाले ओली समुहको नेता बनेपछि खगराज प्रदेश इन्चार्ज बनेका हुन् ।

लेखराज भट्टले माओवादी छाडेपछि सुदूरपश्चिम प्रदेशमा इन्चार्ज को बन्ला भन्ने चासको विषय बनेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै बुहारीलाई इन्चार्ज बनाउन चाहेको चर्चा समेत चलेको कारण यो प्रदेशको इन्चार्ज को बन्ला भन्ने चासो थपिएको थियो ।

आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले नेताहरुको कार्याविभाजन गरेको छ । त्यस्तै बैठकले प्रदेश इन्चार्जहरु परिवर्तन गरेको छ ।

माओवादी केन्द्रले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा नेतृत्व तोकेको छ । सुदूरपश्चिममा खगराजसँगै प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् ।

बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् । लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् ।