लेखनाथ न्यौपानेले भने : नेकपामा पहिल्यै अनगिन्ती मनाङ्गे छन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लेखनाथ न्यौपानेले भने : नेकपामा पहिल्यै अनगिन्ती मनाङ्गे छन्



काठमाडौं । नेकापाभित्र एउटा फरक नेता भनेर चिनिएका लेखनाथ न्यौपानेले पार्टीभित्र अनेकौँ दीपक मनाङे रहेको भन्दै कोकोहोलो गर्नु नपर्ने बताएका छन् ।

बिबादास्पद छविका गुण्डागर्दीमा संलग्न प्रदेशसभा सदस्य रहेका मनाङका दीपक मनाङेलाई पार्टीमा भित्र्याएपछी उनले सामाजिक संजालमा आक्रोस पोखेका छन् । उनले लेखेका छन्– “अनगिन्ती मनाङ्गे पार्टीमा पहिल्यै छन्, थिए । एउटा थपिएको मात्र हो । जाबो एउटा मनाङे थपिँदा केको कोकोहोलो हो कुन्नी ?”

मनाङे नेकपा प्रवेश गर्न लागेको थाहा पाएपछि रसिया भ्रमणमा रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि आपत्ति जनाएका थिए ।