लोसपा परित्याग गरेका राजकुमार लेखी एमाले प्रवेश गर्दै - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

लोसपा परित्याग गरेका राजकुमार लेखी एमाले प्रवेश गर्दै



काठमाडौं- महन्थ ठाकुरको नेतृत्वमा भर्खरै दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई झट्का लागेको छ । लोसपाका प्रभावशाली नेता राजकुमार लेखीले पार्टी परित्यागको घोषणा गरेका छन्।

लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य समेत रहेका लेखीले सबै जिम्मेवारी त्यागेका छन् । आदिवासी जनजाति आन्दोलनबाट स्थापित नेता लेखीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

नयाँ दल गठन गरेपनि लोसपालाई लगातार झट्का लागेको छ ।उनी नेपाल आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष पनि हुन् ।

उनले राजीनामा–पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु।’

लेखी नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन्।