लेखेर राख्नुहोस अबको निर्वाचनमा कांग्रेस पहिलो दल बन्छ: सिंह - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लेखेर राख्नुहोस अबको निर्वाचनमा कांग्रेस पहिलो दल बन्छ: सिंह



काठमाडौं /कात्तिक २० ।

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेद्वार आफु नै भएको दाबी गरेका छन्।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भैसकेको बताउँदै कांग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेदवार आफु नै भएको स्पष्ट पारेका हुन् । उनले भने,‘म सबै हिसाबले पार्टीको तर्फबाट अबको प्रधानमन्त्री बन्न योग्य र सक्षम उम्मेदवार हुँ, यसमा कुनै प्रश्न गर्नुपर्छजस्तो मलाई लाग्दैन्।’

उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा गरे । उनले आफ्नो पार्टी नै अबको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे । उनले थपे,‘काठमाडौंको जनताले लगातार विश्वास गरेर मलाई विजयी गराउँदै आउनुभएको छ, मलाई मन पराउनुभएको छ, म उपसभापति भैसकेको व्यक्ति हुँ, कांग्रेसबाट काठमाडौं उपत्यकाबाट कोहीपनि प्रधानमन्त्री अहिलेसम्म हुनुभएको छैन, अब यहाँका जनताले मलाई प्रधानमन्त्री भएको हेर्न चाहानुभएको छ, र त्यो क्षमता, योग्यता, र लोकप्रियताका कारण म नम्बर वान हुँ।’

त्यस्तै काठमाडौंका जनताहरुले सपना बाँढ्नेहरुलाई मत नदिने भन्दै काम गर्ने पार्टी र नेतालाई विजयी गराउने उनको भनाई थियो ।
साझा विवेकशिलका संयोजक तथा पूर्व पत्रकार रविन्द्र मिश्रलाई लक्षित गर्दै नेता सिंहले प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने आरोप लगाए । उनले थपे,‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले अघि भने,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने उनको दाबी छ । उनले भने,‘काठमाडौंमा ८ वटा निवार्चन क्षेत्र कांग्रेसले विजयको झण्डा फराउनेछ, हेर्दै जानुहोस् मंसिर २१ पछि देशभर कांग्रेसको विजयीको संख्या एकपछि अर्को थपिँदै जानेछ।’
आधारविहिन सपनाका पोका बाढ्नेहरुलाई भोट हालेर आफ्नो अमुल्य मत खेर नफाल्न समेत उनले आग्रह गरे । उनले थपे,‘देशभर लोकतान्त्रिक शक्तिलाई अत्याधिक मत दिएर विजयी गराउन म यही मञ्चबाट हार्दिक आग्रह गर्दछु।’

उनले भने,‘मुलुकभर लोकतान्त्रिक पक्षमा उर्लिंदो जनमास छ, जनता पहिलेको जस्ता छैनन्, सपनाहरुको खेती गर्नेहरुको पछि लाग्न छोडिसके, काम गर्ने र विगतमा काम गरेको पार्टी र व्यक्तिलाई जनताले भोट दिन्छ
न्।’
एमाले–माओवादीबीचको गठबन्धनले बहुमत ल्याउँछौं भनेको छ नि भनेर सोधिएको प्रशनको जवाफमा उनले भने,‘यस्ता हावा कुराको पछि नलाग्नुस्, कम्युनिष्टहरुको बहुमत आउँदैन, कांग्रेसको पक्षमा मतदाता छन, कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएको जनताले राम्रोसँग बुझेका छन्, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सम्पन्न गर्नुपर्ने भएको कारण पनि आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्छ।’

आफ्नो प्रतिष्पर्धी कोही नभएको भन्दै एमाले–माओवादीको गठबन्धनलाई साम्यवादी व्यबस्थाको सपना नदेख्न चेतावनी दिए । उनले भने,‘हामीले राणा फाल्यौं, राजा फाल्यौं, विश्वमा कहलिएको र रुचाईएको शासन व्यवस्थाको स्थापित गयौँ, फेरी तानाशाही साम्यवादको परिकल्पना गर्नु केबल दिवा सपना मात्रै हो, जनता यस्तो व्यबस्थाका बिरुद्धमा छन्।’

पहिलेकोजस्तो निर्वाचन नभएको भन्दै नेता सिंहले देश भरका लोकतान्त्रिक पक्षधर आम जनतालाई कांग्रेसका उम्मेद्वारलाई भोट दिएर समृद्धिको अभियानमा जुट्नको लागि आग्रह गरे ।