लेखराज भट्टको नगरपालिकामा एमालेभन्दा कांग्रेस धेरै अगाडी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

लेखराज भट्टको नगरपालिकामा एमालेभन्दा कांग्रेस धेरै अगाडी



नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

अहिलेसम्म ४१८ मतको गणना हुँदा कांग्रेस उम्मेदवार वीरेन्द्र भट्ट २०४ मतसहित अघि छन्। एमालेका उम्मेदवार गोकर्ण भट्टले १२६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी शारदा देबी रोकायाले १०८ मत ल्याउँदै अग्रता लिएकी छन्। एकीकृत समाजवादीकी रत्ना कडायतले १०१ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।