भीम रावललाई लेखराज भट्टले दिए कडा चेतावनी - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

भीम रावललाई लेखराज भट्टले दिए कडा चेतावनी



काठमाडौं – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई तमासा नदेखाउन चेतावनी दिएका छन् ।

भट्टले रावललाई सामाजिक सञ्जालमा तमासा नगरी पार्टी समितिको बैठकमा आफ्ना मत राख्न सुझाव दिएका छन्। भट्टभन्दा पहिले सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनेका रावललाई उनले यस्तो चेतावनी दिएका हुन् ।

रावलले मंगलवार बिहान सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन्।

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी नदेखाउन पनि चेतावनी दिए।

यस्तै एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए। असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरूलाई मात्र खुशी बनाउने थापाको भनाई थियो।

थापाले भने, ‘कुनै किसिमको असन्तुष्टि जनता र कार्यकर्ताको बीचमा लिएर जाने कुराले कसैलाई पनि फाइदा हुनेवाला छैन, यो आन्दोलनलाई त्यसले ठूलो धोका देला, नोक्सानी पुर्‍याउने, विपक्षीहरू खुशी होलान्, विरोधीहरू हौसेलान्, तर हाम्रो पार्टी पंक्तिलाई कुनै उपलब्धी हुने छैन।’