लेहेङ्गा चोली बोलको तीज गितले निकै चर्चा कमाएका गायक नगार्जीको सुँईकायो रेलैले बजारमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लेहेङ्गा चोली बोलको तीज गितले निकै चर्चा कमाएका गायक नगार्जीको सुँईकायो रेलैले बजारमा



नेत्रप्रसाद न्यौपाने /कैलाली ।
सुदुरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा जन्म थलो बनाई कठामण्डौमा कर्मथलो बनाउनु भएका सञ्चार कर्मी , सगिंतकार तथा गायक सुनिल नगार्जीको चाथौं तीज गीत सुईकायो रेलैले बजारमा आएको छ ।

धिताल फिल्मस् प्रालिद्धारा उत्पादित तीज गीत सुनिल नगार्जी , प्रकाश दुरा , मिना बुढाथोकी , बसन्ती मगरको संयुक्त्त स्वरमा तीज गीत बजारमा आएको हो ।
गीतको संगीत सुनिल नागर्जीले गरेका छन । भने शब्द मिना बुढाथोकीको रहेको छ । जस गितको कोरियोग्राफी गोबिन्द्र श्रेष्ठको रहेको छ । छायाँकन मरु भुमि नारायण गर्नु भएको छ भने गीतको सम्पादन रोशन धितालले गर्नु भएको छ ।

निर्देशन राज पाठक ले गर्नु भएको छ । गीतको उत्कुष्ट भिडियो अभिनय दिपेन्द्र संज्याल र आरुसी मगरले गर्नु भएको हो । “के हो तिम्रो पारा” गीतको बोलबाट सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भएका नगार्जी पछिल्लो समयमा तिजको बोशेली नौ तोलाको हार , छमछमी , लेहेङ्गा चोली बोलको तीज गित बजारमा ल्याई सक्नु भएको छ ।

लेहेङ्गा चोली बोलको तीज गितले निकै चर्चा कमायका गायक नागार्जि अहिले नया तिजको कोशेली सुईकायो रेलैले बोलको तीज गीत बजारमा ल्याएका छन । गायक नागार्जिले यस गितले समेत राम्रो बजार पाउने र सम्पुर्ण दर्शक तथा स्रोतालाई गित हेर्न र सुन्न समेत आग्रह गर्नुभएको छ ।