फरार अभियुक्त महतोले पनि लिए सांसदको शपथ - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

फरार अभियुक्त महतोले पनि लिए सांसदको शपथ



ज्यान मुद्दामा फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतोले पनि प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन्। बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट महतोले पद तथा गोपनियताको शपथ लिएका हुन्।

महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ। उनी अझै फरार अभियुक्तको सूचीमा छन्।

मधेशवादी दलमा रहेर राजनीति गर्दै आएका महतो गएको निर्वाचनको मुखमा एमाले प्रवेश गरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। उनले माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

प्रहरीले पक्राउ गर्ने डरको कारण महतोले वारेस मार्फत् उम्मेदवारी दर्ता गराएका थिए। चुनाव जितेपछि पनि उनले वारेस मार्फत नै सांसदको प्रमाणपत्र लिएका थिए।

उम्मेदवारी र विजेताको प्रमाणपत्र पनि वारेस मार्फत् लिएका महतोले बिहीबार संसद भवन नयाँ बानेश्वरमा सशरीर उपस्थित भएर प्रतिनिधिसभा सदस्यको सपथ लिएका हुन्।