लक्ष्मी लघुवित्तद्धारा घोडाघोडी नगरपालिकालाई आर्थिक सहयोग - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

लक्ष्मी लघुवित्तद्धारा घोडाघोडी नगरपालिकालाई आर्थिक सहयोग



सुखड,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि
लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. पहलमानपुर शाखाले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

लक्ष्मी लघुबित्त वित्तीय संस्था लि. पहलमानपुरका शाखा प्रवन्धक रिता शर्माद्बारा नगरपालिकाका उप–प्रमुख प्रेम कुमारी थापालाई मंगलबार रु १० हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आयस्तर भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले राहत प्रदान गर्नको लागि सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले उक्त रकम हस्तान्तरण गरिएको शाखा प्रवन्धक शर्माले बताइन् ।

साथै शाखा प्रबन्धक शर्माले शाखाबाट कर्जा कारोबार गरी कोरोना भाइरसबाट पर्न गएको असरलाई न्यूनीकरण गर्न सहुलियत स्वरुप ग्राहकहरुलाई आगामी मसान्तसम्म कर्जाको ब्याजमा ३ प्रतिशत छुट रहेको समेत जानकारी दिइन् । विपद्को बेलामा लघुवित्तले गरेको सहयोगप्रति नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।