कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित भए पूर्वमन्त्री घिमिरे - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित भए पूर्वमन्त्री घिमिरे



काठमाडौं- नेपाली कांग्रेस अहिले महाधिवेशनको चटारोमा छ । केहि लक्षणहरूले कांग्रेस अब युवाको हातमा जानसक्ने देखिएको छ । स्थानीय तहदेखि केन्द्रसम्म अहिलेको महाधिवेशनले कांग्रेसमा फरक अनुहार देखिने संकेत गरेको छ ।

स्थानीय तहदेखि पालिकासम्म कांग्रेसको अधिवेशनम निकै रोचक बन्दै गएको छ। कतिपय केन्द्रीय नेताहरूले वडामै हारेका समाचारहरू बाहिरिएका छन् । केहि पूर्वमन्त्रीले समेत स्थानीय तहमै हारेका छन् । तुलनात्मक रूपमा पहिले भन्दा धेरै नयाँ अनुहार नेतृत्वमा देखिएका छन्।

कम उमेरका युवाहरू वडादेखि पालिकासम्म जितीका छन्। यस्तैमा एक जना पूर्वमन्त्रीले नै महाधिवेशन प्रतिनिधिमा पराजित हुनुपरेको छ ।

नेता लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पूर्वमन्त्री घिमिरे कांग्रेसको जारी अधिवेशन अन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

घिमिरे कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका पूर्वप्रमुख सचेतक पनि हुन्। यस्तै, रामेछापमा नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।