सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने



काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो।

‘उच्च माध्यामिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीका लागि वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान ल्यापटप किन्न दुई वर्षका लागि १ प्रतिशत व्याजदरमा ८० हजार कर्जा उपलब्ध हुने व्यवस्था मिलाएको छु,’ उनले भने।