साउन १ गरेदेखि लामो दूरीका सवारीसाधन सञ्चालन हुने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

साउन १ गरेदेखि लामो दूरीका सवारीसाधन सञ्चालन हुने



काठमाडौं- साउन १ गरेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् । उपत्यकाका तीन जिल्ला प्रसाशनले लामो दुरीका सवारी चलाउने तयारी गरेका छन् ।

सर्वसाधारणको हकहितका लागि लामो दुरीका सवारी साधन संचालन गर्न लागिएको स्रोतले जनाएको छ । निरन्तर निषेधाज्ञा खुकुलो पार्दै आइएको र अब लामो दुरीका साधन पनि चलाउने जिल्ला प्रशासनहरूले जनाएका छन् ।

यसपछिको निषेधाज्ञा थप खुकुलो पार्ने विषयमा पनि प्रमुख जिल्ला अधिकारीले छलफल गरिरहेको बुझिएको छ । सर्वसाधारण नागरिकले दुःख पाएको र लामो दूरीका सार्वजनिक सवारी सञ्चालन नहुँदा विद्यार्थी, सर्वसाधारण मारमा परेभन्दै लामो दुरीका सवारी संचालन गर्न लागिएको बताइएको छ।

विद्यालय, पार्टी प्यालेस, स्वीमिङ पुल, मठमन्दिर, सिनेमा हलको हकमा पहिलेकै नियम कायम रहने बताईएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ । पछिल्लो समय उपत्यकामा थप गरिएको निषेधाज्ञा असार ३१ गते सकिँदै छ ।