मंसिर दोस्रो सातादेखि लम्की सांगीतिक महोत्सवको आयोजना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मंसिर दोस्रो सातादेखि लम्की सांगीतिक महोत्सवको आयोजना



गोविन्द बीसी / लम्कि । 
कैलालीको लम्कीमा मंसिर दोस्रो सातादेखि लम्की सांगीतिक महोत्सव हुने भएको छ ।
सामुदायिक रेडियो पश्चिम आवाज लम्कीको आयोजनामा आगामी मंसिर १३ देखि २२ गतेसम्म लम्की सांगीतिक महोत्सव-२०७५ हुने भएको हो ।

“शिक्षा, सूचना बिकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मूल नारा सहित महोत्सव आयोजना गर्न लागिएको आयोजक सामुदायिक रेडियो पश्चिम आवाजले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

लम्की-टीकापुररोड, उज्यालो शिक्षा सदनको अगाडीको मैदानमा आयोजना हुने महोत्सवमा १ सय देखि १ सय ५० सम्म स्टल रहने बताइएको छ ।

महोत्सवमा स्थानीय स्तरका कृषि उपज प्रदर्शनी,साना उद्योगहरुबाट महोत्सव स्थलमा उत्पादनको नमूना, सिपमूलक व्यवसाय सम्बन्धी परामर्स लिन पाईनु साथै राष्ट्रिय तथा स्थानीय कला प्रस्तुति रहने महोत्सवका सचिवालय निर्देशक दिपक कुमार तिमिल्सैनाले बताए ।

महोत्सवले सुदूरपश्चिम प्रदेशकोे पर्यटन,कृषि,उद्योग,व्यापारको विकास तथा संस्कृतीको प्रवर्द्धनका साथै यस क्षेत्रमा रहेका कर्णाली चिसापानी, राजकांडा, रिठेताल,आमपानी, पितमारी, लगायतका धार्मिक पर्यटन क्षेत्र कैलाशधाम तिर्थ स्थल बल्चौर, चन्द्रमलेश्वर मन्दिर, चुरे पहाडको फेदीमा रहेको यस लम्कीक्षेत्र वरिपरि नेपालकै सुन्दरपार्क टीकापुर पार्क, जैविक विविधताले धनी घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज जाने मुख्यद्धारको रुपमा परिचित यस लम्की क्षेत्रको व्यावसायिक विकासका साथै पर्यटन क्षेत्रको सम्बद्र्धन, संरक्षण तथा शैक्षिक क्षेत्रमा टेवा पुग्ने आसा गरीएको महोत्सव मुल आयोजक समितिका सदस्य लब बहादुर शाहीले जानकारी दिए ।

यस्तै, महोत्सवबाट कला संस्कृतिको बिकास, सामुदायिक रेडियो पश्चिम आवाजको क्षमता बिस्तार र स्तर उन्नति गरिनुका साथै लम्कीक्षेत्रको बिकास, शिक्षा स्वास्थ्य र बिकास निर्माणका कार्यलाई जोड दिइने मूल आयोजक समितिका संयोजक एवं रेडियो संचालक समितिका अध्यक्ष बीपी खनाल बुद्धिले बताए ।

दश दिनसम्म चल्ने महोत्सवमा रमाइलो मेला, बाल उधान , उत्कृष्ट स्टल पुरस्कार, स्थानीय तथा राष्ट्रिय कला प्रस्तुति, जनजाति आदिवासी समूदायको भेषभुसा प्रदर्शन, हस्तकला प्रदर्शनी गरिनुका साथै लोपोन्मुख राउटे जातिको समेत छुट्टै स्टल रहने जनाइएको छ ।

महोत्सव परिसरमा पिउनेपानी, टेलिफोन, शौचालय, बिजुलीबत्ती र सुरक्षाको ब्यवस्थापन गरिने भएको छ ।
महोत्सवमा कैलाली, कंचनपुर, डडेल्धुरा, बर्दिया, बाके, सुर्खेत, अछाम लगायत भारतको उत्तरप्रदेश र उत्तराञ्चल राज्यका मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

करीब ३ देखि ४ लाखसम्म अवलोकन कर्ताहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

यसअघिका मेला, महोत्सवमा बिद्यार्थीलाई मात्रै टिकटदरमा सहुलियत दिने गरिएकोमा यसवर्ष जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई समेत बिशेष छुट गरिने सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक यूवराज न्यौपानेले जानकारी दिए ।

महोत्सव सञ्चालन गर्न करीब ३१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ राखिने जनाइएको छ भने विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिका लागि ४० रुपैयाँ तोकिने भएको छ । महोत्सव अवधीभरको लागि मौसमी टिकट शुल्क भने ३ सय रुपैयाँ राखिने महोत्सवका प्रचार संयोजक लिला प्रजापतिले बताइन् । महोत्सवलाई सफल पार्न बिभिन्न महोत्सव मुल आयोजक उप समिति समेत गठन गरीएको सार्बजनीक गरीएको छ ।

जसमा आर्थिक व्यावस्थापन समितिको संयोजकमा षडानन्द सापकोटा, उप–संयोजकमा नृप वहादुर स्वार, सचिवालय निर्देशकमा दिपक कुमार तिमिल्सेना,आवास तथा भोजन व्यावस्थापनमा लव वहादुर शाही, स्टल व्यावस्थापनमा मोहोन वुढाथोकी, साँस्कृतिक व्यावस्थापन युवराज न्यौपाने, टिकट तथा छपाई मनिष न्यौपाने, अनुगमन तथा मुल्याङ्गकन सुरेश रिमाल,खानेपानी, यातायात तथा रमाईलो मेला गणेश राज ओली, अतिथि सत्कार वविता न्यौपाने, सुरक्षा तथा स्वमसेवक दिपेन्द्र थापा, प्रचार प्रसार तथा मञ्च ब्यावस्थापन लिला प्रजापती, कृषि प्रदर्शनी, प्रभातफेरी र झाकी प्रर्दशन देवकी कार्कि, मायाको चिनो भवानी प्रसाद वास्तोला, स्वागत गेट तथा सरसफाई मनोज वोहरा लगायतका संयोजक रहने गरी उप समिति गठन गरिएको छ ।