कैलालीको लम्कीमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा उद्घाटन  - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कैलालीको लम्कीमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा उद्घाटन 



कैलाली । कैलालीको लम्कीमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन गरिएको छ । लम्की चुहा नगरपालीकाका नगर प्रमुख महादेव बजगाईले आज शाखाको उद्घाटन गर्नु भएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर १ वटा केद्रिय कार्यालय २ वटा क्षेत्रिय कार्यालय र ७८ शाखा कार्यालय र ६ वटा माईक्रोफाईन्यास खोलीएको बैंक संचालक समिति सदस्य अच्युत प्रसाद प्रसाईले बताउनु भयो ।

आज लम्कीमा खोलीएको ७२ औं शाखा रहेको बताएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।