लम्की लेडी जेसीजको नव निर्मित भवन उद्घाटन  - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लम्की लेडी जेसीजको नव निर्मित भवन उद्घाटन 



बौनिया ,कैलाली । कैलालीको लम्कीमा लम्की लेडी जेसीजको नव निर्मित भवनको मंंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

नेपाल जेसीज बर्ष २०१२ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर तेज शंंकर भट्ट र बिशिस्ट अतिथि बौनिया जेसीज का संंस्थापक अध्यक्ष जेसी लिला जङ्ग शाहीले संयुक्त रुपमा दिप प्रज्वलन र ब्यानर खोलेर उद्घाटन गर्नु भएको थियो ।

लम्की लेडिज जेसीस बर्ष २०१८ की बर्तमान अध्यक्ष देवकी कार्किको अध्यक्षतामा सम्पन्न गरिएको उत्घाटन कार्यक्रममा प्रमुख अतिथि पुर्ब राष्ट्रिय अध्यक्ष तेज शन्कर भट्ट रहनुभएको थियो । त्यस्तै बिशिस्ट अतिथिमा बौनिया जेसीजका संंस्थापक अध्यक्ष जेसी लिला जङ्ग शाही , जेसीजका संंस्थापक अध्यक्ष जेसी हेमन्त कुमार बस्नेत ,लम्की लेडी जेसीज कि संंस्थापक अध्यक्ष जेसी शुशिला शाहीले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा कैलालीका विभिन्न स्थानमा जेसीज शाखाहरु स्थापना गर्न अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियोे । २०१३ मा स्थापना भएको लम्की लेडी जेसीज ले २०१६ मा शिलान्यास गरेको जेसीज भवन २०१८ मा सम्पन्न गरेको छ ।

भवन निर्माण कार्यका लागि बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जङ्ग शाही बौनिया ,२०१७ का अध्यक्ष कृष्ण बिस्ट , लम्की जेसीजका संंस्थापक अध्यक्ष हेमन्त कुमार बस्नेत , लम्की लेडी जेसीज कि संंस्थापक अध्यक्ष शुसिला शाही ,लम्की जेसीजका अध्यक्ष राम बहादुर बोगटी ,पुर्ब अध्यक्ष जयप्रकाश न्यौपाने लगायत ६६ जना र लम्की चुहा नगरपालिकाको आर्थिक सहयोगमा १ हल र १ कोठा सहित पक्की भवन लम्की लेडी जेसीजले आफ्नो कार्यलय स्थापना गर्न सफल भएको छ ।

कानुनी सल्लाहकार इशारा थापाको स्वागत मन्तव्य सङ्गै  शुरु भएको कार्यक्रममा सहयोग दाताहरु लाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको छ । कार्यक्रमको संचालन महा सचीव दुर्गा गुरुङले गर्नु भएको थियो ।