लम्की जेसिसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

लम्की जेसिसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



मंगल बास्कोटे / लम्की,कैलाली ।
‘‘उधमशिलतामा युवा सहभागिता‘‘ भन्ने नाराका साथ सञ्चालन भएको लम्की जेसिसको सप्ताह कार्यक्रम अन्तरगत आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लम्की जेसिसको आयोजनामा सप्ताहा कार्यक्रमको आज छैठौ दिन लम्की चोकमा रक्तदान कार्यक्रमको गरिएको छ । ‘रक्तदान नै जिवन दान हो’ भन्ने नाराका साथ सम्पन्न भएको रक्तदान कार्यक्रमको संयोजक तिर्थ थापाको सभाअध्यक्षमा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बाके शाखाको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शसत्र प्रहरी,ब्यपारी,पत्रकार र बिभिन्न संघसंस्थाका पदाधिकारीहरुले रक्तदान गरेका थिए । भदौ २७ गतेबाट सुरु भएको लम्की जेसिस सप्ताह कार्यक्रम भोली शनिबार भब्य कार्यक्रम बिच सम्पन्न हुने जेसिस बर्ष २०१८ का अध्यक्ष राम बहादुर बोगटीले जानकारी दिनु भएको छ ।

रक्तदान कार्यक्रलाई सहज बनाउन लम्कीमा रहेको ब्राईट फ्युचरका बिद्यार्थिहरुले सहयोग गरेका थिए । लम्की चुहा नगरपालिका उप—प्रमुख टीका थापाको प्रमुख आथित्यमा सञ्चालित कार्यक्रमा प्रदेश नं.७ का लियो संयोजक दिपक तिमिल्सेना,ब्यापारी तर्क बहादुर थापा,युवा समाजसेबि टेकराज कठाएत लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।