लम्कीचुहा शिक्षक महासंघले नगर प्रमुख बजगाईलाई बुझाए माग पत्र - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लम्कीचुहा शिक्षक महासंघले नगर प्रमुख बजगाईलाई बुझाए माग पत्र



रमित पाण्डे/लम्की, कैलाली ।

लम्कीचुहा शिक्षक महासंघले लम्कीचुहा नगरपालीकाका नगर प्रमुख माहादेव बजगाईलाई शिक्षकका २९ बुदे माग पत्र बुझाएको छ ।

देश भरिका स्थानिय निकायमा मागपत्र बुझाउने कार्यक्रममा आज लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईँ समक्ष पनि नेपाल शिक्षक महासंघ लम्कीचुहा नगर समितिले आफ्नो माग पत्र पेश गरेको हो नेपाल शिक्षक महासंघ लम्कीचुहा नगर समितिका अध्यक्ष राम प्रसाद तिमिल्सेनाको नेतृत्वमा गएको टोलिले नगरप्रमुख बजगाईँलाई भेटेर २९ बुँदे माग सहितको विरोध तथा माग पत्र पेश गरेको छ ।

माग पत्र बुझदै नगर प्रमुख बजगाईले शिक्षकका मागहरु जायज भएकाले आफनो तर्फबाट पुरा गर्न आफु लागीपर्ने बताउनु भयो । व्यावस्थापन गर्ने जीम्मा केन्द्रबाट स्थानीय सरकारलाई जिम्मा दिईएकाले माग पुरा गर्ने दायित्व भएको बताउनु भयो । शिक्षा प्रणालीनै कमजोर भएकाले एउटा व्याक्तिले सञ्चालन गरेका बिद्यालय र अर्को राज्यले लगानी गरेका विद्यालय भएकाले व्यावस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।

शिक्षकका मागलाई वेवास्ता गरिएमा र माग पूरा नभएमा कडा आन्दोलनमा उत्रने नेपाल शिक्षक महासंघले चेतावनी समेत दिएको छ ।

नेपाल शिक्षक महासंघले देश भर नै अस्थायि शिक्षकको आन्तरिक परीषा मिति चाँडो तोक्नु पर्ने, स्थानिय तहले आफु खुसि शिक्षा ऐन बनाउन नपाउने, संघिय तथा प्रादेशिक शिक्षा ऐन अनुसार स्थानिय शिक्षा ऐन बनाइनु पर्ने, शिक्षकको तलब भत्ताको निर्धारण र त्यसको सबै जिम्मेवारी संघीय सरकारले लिनुपर्ने, शिक्षकको सेवा सर्त र सुविधाका लागि राष्ट्रिय मापदण्ड बनाइनु पर्ने, शिक्षक काउन्सीलको व्यवस्था गरिनुपर्ने, १० वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामुहिक पद उन्नतीको व्यवस्था गरिनु पर्ने, राहत शिक्षकलाई स्थायि शिक्षक दरबन्दिमा रुपान्तरण गरिनु पर्ने, सबै तह र किसिमका शिक्षक तथा कर्मचारिलाई पोशाक भत्ता उपलब्ध हुनुपर्ने, संस्थागत शिषकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह सुविधाको प्रवन्ध गराइनुपर्ने, आव्रश्यक्ता अनुसार कक्षागत र विषयगत दरबन्दी सिर्जना गरिनपर्ने, मासिक रुपमा तलब प्राप्त हुनुपर्ने र समय सापेक्ष तलब बृद्धि हुनुपर्ने, प्रभावकारिताका आधारमा नमूना विद्यालय छनौट र स्विकृत गरिनुपर्ने, शिक्षक सेव आयोगलाई संवैधानिक स्तरको बनाइनु पर्ने, हचुवाका भरमा गरिएको स्रोत व्यक्तिको काज फिर्ता गरिनु पर्ने, महिला शिक्षकको प्रस्तुति विदा ६ महिना हुनुपर्ने र उक्त अवधीमा सट्टा शिक्षकको व्यस्था गरिनुपर्ने, विगतका सहमति र सम्झौता लागु गरिनु पर्ने, निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारिलाई स्थानिय सरकारबाट सेवा सुविधा उपलब्ध गराइनुपर्ने र निजी शिक्षक तथा कर्मचारिको पनि पोशाक भत्ताको व्यवस्था गरिनु पर्ने, स्थानिय शिक्षा शाखामा आवश्यक कर्मचारिको व्यवस्था गरिनुपर्ने लगाएतका का माग तत्काल सम्बोधन गरियोस् भन्दै देशै भर नेपाल शिक्षक महासंघले आइतबार स्थानिय सरकारलाई विरोध तथा माग पत्र बुझाएको छ ।

जेष्ठ १३ गतेबाट पहिलो चरणको आन्दोल सुरु गरेको नेपाल शिक्षक महासंघले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंले यस अघि गत चैत्र १८ गते शिक्षा मन्त्री समक्ष र चैत्र २५ गते प्रधानमन्त्री समक्ष पनि ध्यान आकर्षण पत्र बुझाइ सकेको छ ।