लम्की चुहा -१ मा डम्पीङ साईड निर्माणको पहिलो चरणको काम सम्पन्न - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

लम्की चुहा -१ मा डम्पीङ साईड निर्माणको पहिलो चरणको काम सम्पन्न



मंगल बास्कोटे / लम्की,कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ मा फोहोर मैला ब्यवस्थापनको लागी निर्माण गरिन लागेको डम्पीङ साईड निर्माणको पहिलो चरणको काम सम्पन्न गरि आज सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

फोहोर मैला ब्यवस्थापनको लागी वडा नं.१ को धुबिनिया खोला पुर्व उत्तरपट्टि करिब तिन बिगाह जमिनमा डिम्पिङ साईड निर्माणको लागी नगरकार्यपालिको निर्णय अनुसार १० लाख बजेट बिनियोजन गरिएको थियो ।

समाजसेबि,बुद्धिजिबी बसन्त जैसिको अध्यक्षतामा डम्पिङ साईड निर्माण उपभोक्त समिती गठन गरि पहिलो चरणमा डम्पिङ साईडको तारजालीले घरबार गरेर क्षेत्र छुट्याईएको छ । पहिलो चरणको निर्माण अन्तरगत एङगल खरिद तथा निर्माण खर्च ४ लाख ९५ हजार ४ सय ८४ रुपैया ६२ पैसा , जि.आई बायर खरिद रु ४ लाख ७४ हजार ५सय २२ रुपैया ७६ पैंसा ,सिमेन्ट खरिद १२ हजार ४ सय, निर्माण सामग्री खरिद ४ हजार ६० रुपैया, ढुवानी १३ हजार ५ सय ३५ रुपैया ५ पैसा, जन श्रमदान १ लाख ११ हजार २ सय ३ रुपैया ५५ पैसा गरि जम्मा ११ लाख १२ हजार ६ रुपैया ४ पैसा बराबरको खर्च भएको डम्पिङ साईड निर्माण उपभोक्त समितीका अध्यक्ष बसन्त जैसिले आय ब्यव प्रस्तुत गर्नु भएको थियो ।

डम्पिङ साईड निर्माण उपभोक्त समितीका अध्यक्ष बसन्त जैसिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य चन्द्र बि.क, लगाएत वडा नं.१का निवासीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले आयब्ययलाई कार्यक्रममा तालिबजाएर अनुमोदन गरेका थिए । डम्पिङ साईड निर्माण सम्पन्न पश्चात फोहोर मैलाको ब्यवस्था हुने र सुन्दर स्वच्छ नगरपालिका निर्माणमा बिशेष टेवा पुग्ने हुदा जनता निकै हर्षित भएका छन ।