लम्कीचुहा नगरपालिका अन्तर्गतका वडामा बाल संजालको पुनर्गठन - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

लम्कीचुहा नगरपालिका अन्तर्गतका वडामा बाल संजालको पुनर्गठन



गोविन्द बीसी/लम्की, कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतका वडामा वडा स्तरीय बाल संजाल पुनर्गठन गरिएको छ । सोमबार नगरपालिकाको वडा नम्बर ८ र १० मा बाल संजाल पुनर्गठन गरिएको हो । कार्यक्रममा बाल अधिकार सम्बन्धि अभिमुखिकरण समेत गरिएको छ ।

लम्कीचुहा नगरपालिकाको आयोजनामा वडा स्तरीय बाल संजालको पुनर्गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । वडा स्तरीय बाल संजालका सदस्य मदन बिष्टको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष हर्कबहादुर कठरियाको प्रमुख आतिथि रहेका थिए ।

पुनर्गठन गरिएको वडा स्तरीय बाल संजाल वडा नम्बर १० को अध्यक्षमा मदन बिष्ट , उपाध्यक्षमा इश्वरी देबकोटा र सुवास चौधरी, सचीवमा एलिश चौधरी, कोषाध्यक्षमा निशा राना र सह सचीवमा रुपा पल्लीमगर रहेका छन ।

वडा स्तरीय बाल संजाल वडा नम्बर १० को सदस्यमा चक्र साउद, केशर बिष्ट, सरिता आचार्य , शुष्मिता राना, मनिषा खडका, राधिका बिष्ट र कमला भण्डारी रहेको लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनालले बताए ।

त्यसैगरी वडा स्तरीय बाल संजाल वडा नम्बर ८ का सह-सचिव रेखा खडकाको सभापतित्वमा पुनर्गठन गरिएको वडा स्तरीय बाल संजाल वडा नम्बर ८ को अध्यक्षमा रेखा खड्का, उपाध्यक्षमा चक्र कुवर, सचिवमा लोकराज जैशी, कोषाध्यक्षमा रमिला चौधरी र सह सचिवमा सिद्दराज भण्डारी रहेका छन ।

वडा स्तरीय बाल संजालको सदस्यहरूमा हरिनारायण डगौरा थारु, अमृता भुल, पारस बिष्ट, दीपक भण्डारी, शान्ति बिष्ट र पारसबिक्रम बिष्ट रहेका छन । जेठ ११ गते शुक्रबार देखि शुरु भएको वडा स्तरीय बाल संजाल पुनर्गठन कार्यक्रम आज सकिएको हो ।