लम्कीचुहा नगरपालिकामा वडास्तरीय बाल संजाल बिस्तार गरिदै - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

लम्कीचुहा नगरपालिकामा वडास्तरीय बाल संजाल बिस्तार गरिदै



गोविन्द बीसी/बौनिया,कैैैलाली। 

कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतका वडामा वडा स्तरीय बाल संजाल बिस्तार गरिन थालिएको छ । सोमबार वडा नम्बर ८ र १० मा गठन भएको थियो । यस्तै, आज वडा नम्बर ६ मा वडा स्तरीय बाल संजालको पुनर्गठन गरिनुका साथै बाल अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिकाको आयोजनामा वडा स्तरीय बाल संजाल वडा नम्बर ६ को पुनर्गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

वडा स्तरीय बाल संजालका सह सचिव जानकी डागीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर रहेका थिए ।

कमल बि. क. को अध्यक्षमा कार्यक्रममा १३ सदस्यीय वडा स्तरीय बाल संजालको पुनर्गठन गरिएको छ । संजालको उपाध्यक्षमा रमेश अधिकारी र नबिना खडका, सचिवमा शोभा चौधरी, कोषाध्यक्षमा पार्बती पाण्डे, सह-सचिवमा पुरन महतारा र सह कोषाध्यक्षमा बिर्मा नेपाली रहेका छन ।

वडा स्तरीय बाल संजाल वडा नम्बर ६ को सदस्यमा लक्ष्मी बि. क. , खडक चौधरी, जानकी डागी, पुजा थापा, सन्तोष चौधरी र डल्ली बि. क. रहेको लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनालले जानकारी दिए ।

कार्यक्रमलाई लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनाल र नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका सचिव तथा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले सहजिकरण गरेका थिए ।