लमजुङमा स्कुल बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

लमजुङमा स्कुल बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु



लमजुङ । लमजुङमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डुम्रे बेसीशहर सडकखण्डस्थित उदिपुर खोलामा गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको ना ३ ख ७३९४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका-४ पुरानकोटका ७३ वर्षिया टकबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङङले जनाएको छ ।